logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साम्राज्ञी र पुष्प खड्का अभिनित फिल्म ‘मारुनी’ ले दोस्रो हप्ता पनि दर्शकको मन जित्दै


अंकुरण खबर
1.521K
Shares

काठमाडौं – गत शुक्रवारदेखि हलमा प्रदर्शनरत चलचित्र ‘मारुनी’लाई दर्शकले साथ दिएका छन् । शनिवारबाट दोस्रो हप्तामा प्रवेश गरेको यस चलचित्रलाई दोस्रो हप्ताको पहिलो दिन अधिकांश हलहरू दर्शकले भरिएको हो ।

तिजको अवसर पारेर प्रदर्शन भएको मारुनी ले दर्शक समीक्षकको राम्रो प्रतिक्रिया पाएको छ । शनिवार देशका अधिकांश हलहरूमा ७५/८० प्रतिशत अकुपेन्सी रहेको थियो ।

दर्शकले ट्रान्सजेन्डर महिलाको भूमिकामा निर्वाह गरेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनयको तारिफ खुलेर गरेका छन् । एकसाथ प्रदर्शनमा आएको साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘साहो’ ले राम्रो प्रतिक्रिया पाउन नसक्दा पनि मारुनी लाई केही हदसम्म फाइदा पुगेको अनुमान लगाउन सकिन्छ ।

निर्देशक नवल नेपालका साथमा नव-अभिनेत्री रेविका गुरुङको काम पनि सबैले मन पराएका छन् । दर्शकको राम्रो उपस्थितिले मल्टिप्लेक्सहरुमा सोज थपिने कुरा भएको र शनिवार नै केही हलहरूमा २/२ सोज थपिएको निर्मात्री पुनम गौतमले क्षेत्रीले जानकारी दिएकी छिन् ।

यो हप्ता कुनै पनि नेपाली नयाँ चलचित्र प्रदर्शनमा नआउँदा पनि मारुनी लाई केही राहत मिलेको छ ।