logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

बिग बोसमा सलमानसंग देखिदै राखी सावन्त


अंकुरण खबर
3.445K
Shares

बलिउड – बलिउड कन्ट्रोर्भसी क्वीन राखी सावन्त विशेष आफनो बोलीमा कन्ट्रोल गर्न नसक्नुको कारणले गर्दा चर्चामा आइरहेकी हुनिछन् । यतिबेला फेरी उनी सामाजिक सञ्जालमा चर्चामा आएकी छन् ।

उनले एक भिडियो पोष्ट गरेकी छन् । भिडियोमा उनी बिग बोस सिजन १३ मा देखिने खबर दिएकी छन् । भिडियोमा राखिले भनेकी छन्, ‘ए मेरो फ्यानहरु तपाईहरु सबैको लागि मेरो एक खुशिको खबर छ । धन्यबाद सलमान खान । म बिग बोसको ओपनिङमा म मेरो गीत छप्पन छुरीमा डान्स गर्दैछु । यो भन्दा ठूलो खबर अरु केही हुन् सक्छ र र ? धन्यबाद सलमान खान मलाई सर्पोट गरेकोमा धन्यबाद बिग बोस । धन्यबाद कर्लस टिभी ।’

उनले फेरी भनेकी छन् सबैलाई धन्यबाद मैले मेरो गीत छप्पन छुरीमा सलमानसंग नाच्न पाए । यो भन्दा अगाडी पनि मैले सलमानसंग काम गरिसकेको छु । मलाई आज नै कर्लस र सलमान खानको म्यासेज आएको थियो उनीहरु यस कुरामा राजी भएका छन् । ’

राखीले योसंगै आफु आज बाट नै रियलसल गर्ने तयारीमा रहेको र सबै भन्दा राम्रो गर्ने बताएकी छन् । राखीले यो भन्दा अगाडी बिग बोस सिजन १ मा सहभागी भएकी थिइन् । राखिले शोमा निकै धमाका मच्चाएकी थिइन् । उनले बिग बोसमा धेरै पटक सहभागी जनाएकी छन् ।

साथै यो सिजनमा उनी आफ्नै गीतमा डान्स गर्नेछिन् । बिग बोसको कुरा गर्दा प्रोमो आइसकेको छ । यो सिजनमा सहभागीहरु चार हप्ताबाट नै फिनालेमा जाने छन् । शोको लागि दर्शक एकदमै उत्साहित रहेका छन् ।