logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘भद्रगोल’ बाट बाहिरिएका ‘जिग्री’ र ‘पाँडे’ अब नयाँ टेलिश्रृंखलाबाट आउँदै


अंकुरण खबर
1.625K
Shares

काठमाडौं – चर्चित हाँस्यश्रृखला ‘भद्रगोल’बाट बाँहिरिएका कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ लगायतको टिम नयाँ टेलिश्रृखलाका साथ देखिने भएको छ ।

उक्त टिमले निर्माण गरेको नयाँ श्रृखला असोज २ गतेदेखि हरेक बिहिबार राती ८:५० मा नेपाल टेलिभिजनबाट प्रसारण आउने बताइएको छ । सबै टिम मेम्बरले साझा स्टिकर डिजाइन सामाजिक संजालबाट सार्वजनिक गर्दै नयाँ टेलिश्रृखलाको बारेमा जानकारी दिएका हुन् । श्रृखलाको नाम भने अहिले गोप्य राखिएको छ ।

जेपिटी क्रियसन मार्फत निर्माण हुने श्रृखलाको लेखन निर्देशन जिग्री र पाँडेकै रहनेछ ।  श्रृखलाको नाम केही दिनमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने  उनीहरुको योजना रहेको छ ।

भद्रगोलमा प्रस्तुत गर्दै आएको पात्रहरुको कथामै श्रृखला निर्माण हुने अर्जुन घिमिरेले बताए । श्रृखलाको अवको यात्रामा शंकर आचार्य ‘बरिष्ठे’ र सिपी पुडाशैनी ‘धतुरे’ पनि देखिने भएका छन् ।