अक्षय कुमारले आफनो छोरीको बारेमा एक खुलासा गरेका छन् । उनले भनेका छन् । फोटोग्राफरको कारण मेरो ६ वर्षको छोरी घरबाट बाहिर निस्कन मान्दिन् ।
अक्षयलाई एक अन्तरवार्तामा सोधिएको थियो तपाईको बच्चा के गर्यो भने रिसाउँछन् । जवाफमा उनले भने जब उनीहरुलाई न सोधी उनीहरुको इच्छा विपरित फोटो खिचेर सामाजिक सञ्जालमा राखिदिन्छन् । यो कुराबाट उनीहरु धेरै रिसाउँछन् ।
अक्षय भन्छन् –‘मेरो मन त्यतिबेला टुटछ । जब मेरो ६ वर्षको छोरी हामीसंग खाना खान बाहिर जान आउँदिन । किन भने उसलाई फोटो खिच्दा आएको फ्ल्यासलाईट मन पदैन् । कतै फिल्म हेर्न जादा होस या केही मनि काम गर्दा पसिनाले भिजेको फेसको फोटो खिचेर सामाजिक सञ्जालमा राख्न रुचाउँदिन् ।’
अक्षय कुमार फेरी भन्छन् – ‘हामी सार्वजनिक मान्छे त हो तर मेरो बच्चाहरुलाई यो सब कुरा मन पदैन् जब सम्म मेरो बच्चाले कलेजको पढाई सक्दैन् तब सम्म उनीहरुलाई सार्वजनिक गर्न पर्छ जस्तो मलाई लाग्दैन् ।’ सामाजिक सञ्जालमा अक्षयको छोरी ट्रोलको सिकार भएकी थिइन् । एजेन्सी