logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फिल्म ‘चपली हाइट-३’ मा स्वस्तिमाको जोडी महेश अनुबन्धित


अंकुरण खबर
2.314K
Shares

काठमाडौं – निर्माता अर्जुनकुमारले ‘चपली हाइट–३’ निर्माणको घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले फिल्म ‘चपली हाइट’को तेस्रो पार्ट ‘चपली हाइट–३’ निर्माणको अफिसियल घोषणा गरेका हुन् ।

उक्त फिल्मलाई निकेश खड्काले निर्देशन गर्नेछन् । ‘चपली हाइट’को पहिलो पार्ट दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए । चैतमा प्रदर्शनमा आउने यो फिल्ममा पहिलो पार्टमा प्रमुख भूमिका निभाएका अभिनेता आमिर गौतम मात्र दोहोरिएका छन् ।

अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले संयुक्त रुपमा निर्माण गर्ने फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहनेछ । अर्जुन कुमारले निर्माण गर्ने यो फिल्ममा उनको जोडी नव-अभिनेता महेश त्रिपाठीसँग बाँधिएको छ ।

फिल्म ‘रणवीर’ बाट अभिनयमा राम्रो सम्भावना देखाएकी अभिनेत्री सुपुष्पा भट्ट र नव-अभिनेता प्रतिक श्रेष्ठको पनि ‘चपली हाइट ३’ मा अभिनय रहनेछ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।