logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विवाहअघि नै आमा बनेका बलिउड अभिनेत्रीहरूको रोचक तथ्य


अंकुरण खबर
2.613K
Shares

एजेन्सी – यतिबेला अभिनेत्री एमि जेक्सनको विषयलाई लिएर बलिउडमा निकै चर्चा भएरहेको छ । उनी धेरै जसो सामाजिक सञ्जालमा तस्बिरहरु सेयर गरेको कारण चर्चामा आउँन थालेकी छन् । जसमा उनी गर्भवती भएको तस्बिरलाई विशेष रुपमा सेयर गरेकी हुन्छिन् ।

उनले अहिले सम्म आफनो बोइफ्रेन्डसँग बिवाह गरेकी छैनन् । उनी बिवाहपूर्व नै बच्च जन्माउने तयारीमा रहेकी छन् । बलिउमा उनी मात्र होइन् धेरै अभिनेत्रीहरु बिवाहपूर्व नै आमा बनेका उदाहरण छन् ।

एमि जेक्सन

नेहा धुपिया

अभिनेत्री नेहा धुपिया र अंगद बेदी निकै प्रेममा थिए । उनीहरुले गुपचुप तरिकाले बिवाह गरेर सबैलाई चकित बनाएका थिए । अंगदले शो ‘नो फिल्टर नेहा’ मा अन्तर्वाता दिदै भनेका थिए । नेहा बिवाह अगाडी नै आमा बन्दै थिइन् । यो कुरा सुनेर उनको परिवारले उनलाई धेरै गाली गरेका थिए । यही कारण उनीहरुले लुकेर बिवाह गरेका थिए ।

गैब्रिएला

बलिउड अभिनेता अर्जुन रामपालले धेरै समय आफनो गर्लफ्रेन्ड गैब्रिएलासँग बिताए । हाल गैब्रिएलाले बच्च जनमाएकी छन् । उनीहरुले छोराको नाम अरिख राखेका छन् । अर्जुनको यो तेस्रो सन्तान हो तर अझै पनि उनलेगैब्रिएलासँग बिवाह गरेका छैनन् ।

नीना गुप्ता

बलिउड फिल्म उद्योगको चर्चित कलाकार नीना गुप्ताको अफियर बेस्ट इन्यिजको किक्रेटर विवियनसँग थियो । त्यही अवस्थामा उनी गर्भवती भएकी थिइन् । उनीहरुले बिवाह नगरे पनि बच्चालाई जन्मदिने निर्णय गरेका थिए । १९८९ मा उनले छोरी जन्माएकी थिएन् ।

सारिका

कलाकार कमल हासनको बिवाह पछि पनि प्रेम बसेको थियो उनले अभिनेत्री सारीका लाई आफनो गर्लफ्रेन्ड बनाएका थिए । श्रीमतिलाई डिभोर्स दिएर कमल सारिकासँग बसेका थिए । यसैक्रममा सारीका गर्भवती भएकी थिइन् । उनले छोरी श्रुति हासनको जन्म दिएकी थिइन् । छोरीको जन्मपछि मात्र उनीहरुले बिवाह गरेका थिए ।

सेलिना जेटली

अभिनेत्री सेलिना जेटलीले २०११ म आफनो बोइफ्रेन्डसँग बिवाह गरेकी थिइन् । उनी बिवाह अगाडी नै गर्भवती भएकी थिइन् उनलृ बिवाहको ८ महिनामा जुम्लिया बच्चा जन्माएकी थिइन् ।