काठमाडौं – सैद्धान्तिक रुपमा संगीतको परिभाषा एक होला तर यसका परिभाषा अनगिन्ति छन् यानकी यसको क्षेत्र व्यापक छ । यसमा नेपाली गीत संगीतको आफ्नै बिशेषता छ आफ्नै मौलिक पन छ । पछिल्लो समय नेपाली संगीत क्षेत्रमा आशा लाग्दो गायकको रुपमा परिचित छन् नारायण थापा ।

हालै मात्र उनको ‘कुनै दिन त भेट होला’ बोलको गजल गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । उक्त सार्वजनिक भिडियोलाई ओ एस आर डिजिटलको यूट्यूब च्यानल मार्फत बजारमा ल्याईएको हो ।
निकै नै मिठो र आशा लाग्दो ‘कुनै दिन त भेट होला’ बोलको गीतमा गायक नारायण थापाको स्वर सुन्न सकिन्छ । शब्द गितकार डा.कृष्णहरी बरालको रहेको छ भने संगीतकार गैरे सुरेशले संगीत भरेका छन् ।
त्रिकोणात्मक प्रेम कथामा आधारित गीतले माया र प्रेमको भाव दर्साउँछ । जब मायाँमा कुनै कुरामाथि शंका हुन्छ तब त मायाँमा घृणाको भाव पैदा हुन थाल्छ । यहि समाजमा भईरहेका घटनालाई यथार्थमा परिणत गरेर शब्दमा उतारेका छन् गितकार डा.बरालले ।
गीतको भिडियोमा मोडल कमल सिङ, जिबन आचार्य र सुस्मिता अधिकारी उत्कृष्ट अभिनय रहेको छ । गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् भने किशोर थापाले मिक्सिङ गरेका छन् । आभुषण ईन्टरटेनमेन्टले अडियो भिडियो व्यवस्थापन गरेको हो ।
प्रकाश धितालले निर्देशन गरेको उक्त भिडियोलाई बुद्ध थापाले छायांकन गरेका छन् । भिडियोलाई बिकास दाहालले सम्पादन गरेका हुन् ।
https://youtu.be/ZZ3nPg3PJtQ