logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विष्णु र साया अभिनित ‘मायाँ सांचेमा’ सार्वजनिक  (भिडियो सहित)


अंकुरण खबर
1.339K
Shares

काठमाडौं– पछिल्लो समय मोडलिङ क्षेत्रमा करियर बनाउन सफल भएका चर्चित मोडल विष्णु कुवर र साया भण्डारीको अभिनय रहेको लोक दोहोरी गीत ‘मायाँ सांचेमा’ बोलको गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

सार्वजनिक गीतको भिडियोलाई एडी फिल्मस् प्रालीले बजारमा ल्याएको हो । निकै नै रोमान्टिक तथा समय सान्दर्भिक गीत ‘मायाँ सांचेमा’ बोलको गीतमा गायिका सुमितामी परियार र बसन्त परियारको स्वर सुन्न सकिन्छ । उक्त गीतमा बसन्त परियारको नै शब्द संगीत रहेको छ । गीतलाई विश्वास नेपालले एरेन्ज गरेका हुन् ।

उक्त भिडियोको निर्देशन काजिस श्रेष्ठले गरेका छन् । सागर गौतमाले छायांकन गरेको भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका छन् ।