काठमाडौं – आज शुक्रबार असोज ३ गते देखि फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ प्रर्दशनमा आएको छ । यो फिल्मले क्युएफएक्समा अहिले सम्मकै बढि शोज पाएको छ ।
यो फिल्मलाई क्युएफएक्स अन्तर्गत उपत्यका भित्र र बाहिर गरेर ६४ शो दिएको छ । क्युएफएक्सस्थित छाया सेन्टरमा ९ शोज, लबिम मलमा ९ शोज, सिनेप्लेक्समा ८ शोज, सिभिल मलमा ८ शोज, वान् स्टपमा ८ शोज, जल्मामा ५ शोज, कुमारीमा ७ शोज, बागेश्वरीमा ६ र जय नेपालमा ४ शोज पाएको छ ।
रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, उपसना सिंह ठकुरी, विल्सन विक्रम राई, कर्म शाक्य, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, लुनिभा तुलाधर, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ । फिल्ममा मनी राम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियारको लगानी रहेको छ ।
जातिय विवाह र अन्तरजातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । शैलेन्द्र डि कार्कीले छायांकन गरेको फिल्मलाई निमेश श्रेष्ठ र सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् ।