काठमाडौं – दशैँ नजिकिदै गर्दा नेपाली सुगम गीत संगीतका चर्चित गायक बद्री पंगीनी, गायिका कला लम्साल र गायक चन्द्र शर्माको आवाजमा रहेको दशैँ विशेष गीत ‘धानको चामल’ सार्वजनिक भएको छ ।
उक्त गीतमा शब्द रमेश विसीको रहेको छ भने संगीत तिलक ओलीको रहेको छ । संगीत संयोजन आशिष अविरलले गरेका छन् । भिडियोमा निखिल उप्रेती र कला लम्सालको अभिनय रहेको छ ।
उक्त भिडियोको निर्देशन शिव विसीले गरेका छन् । शिव विसीले नै छायांकन गरेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।