logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

दिपाश्री निरौलाको राय : आफ्नो सफलतामा ईष्या गर्ने तत्व भएकालेनै आफु झनै मजबुद


अंकुरण खबर
4.992K
Shares

हास्य अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले आफुहरुको सफलता केही समुहको लागि तगारो बनेको बताएकी छिन् । आइतबार आफ्नो आधिकारिक फेसबुक पेजमा उनले आफ्नो चलचित्रले दुर्लभ सफलता हासिल गरेको लेखेकी छिन् । उनले यस्तो दुर्लभ सफलतालाई अपराध भन्ने त भनेर प्रश्न समेत गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘हाम्रो समूह विगत लामो समयदेखि नेपाली चलचित्र र संगीतको पक्षमा काम गर्दै आइरहेको छ । रातदिन नभनी हाम्रो संस्कृतिको रक्षाको पक्षमा वकालत पनि गर्दै आइरहेको कुरा सबै आदरणीय मित्रहरुलाई थाहै छ ।’

‘अतः यो कार्यले केही संचालित तत्वहरुको निद्रा बिग्रिएको प्रमाण फेला परेको छ । हाम्रो अकल्पनीय लगातारको सफलताले अत्तालिएका यी व्यक्तिहरु सामाजिक संजालहरुमा समूह निर्माण गरेर नक्कली आइडी बनाई हामीविरुद्ध विष ओकलिरहेछन्’ । ‘हामीले मेहनत गर्‍यौं, दर्शकले माया गरिदिनुभयो, चलचित्रले दुर्लभ सफलता पायो, के यो अपराध हो ।

सत्यको पक्षमा आवाज निकाल्न सक्ने सम्पूर्ण सच्चा मित्र एवं शुभचिन्तकहरुलाई सजग रहन उनले आग्रह गरेकी छिन् ।