logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आयुष्मानको फिल्म ‘ड्रिम गर्ल’ सय करोड क्लबमा


अंकुरण खबर
1.729K
Shares

अभिनेता आयुष्मान खुरानाको फिल्म ’ड्रिम गर्ल’ ले निकै राम्रो व्यापार गरिरहेको छ भने दर्शकको तारिफ पनि उसै गरी पाइरहेको छ ।

उक्त फिल्म सय करोड कल्बमा गएको छ । आयुष्मानको अभिनय र उनको फिल्म प्रतिको लगाव र विश्वास पर्दामा हेर्दा दर्शकले समय बितेको पत्तो पाउँदैनन् । प्रदर्शनको दशौँ दिनमा ’ड्रिम गर्ल’ सय करोड क्लबमा दर्ता भएको छ । ३० करोडको बजेटमा निर्माण भएको ‘ड्रिम गर्ल’ले १०१ .४० करोड कमाइसकेको छ ।

दर्शक तथा समीक्षक दुबैबाट प्रशंसा पाएको यस फिल्मले ठुलो लगानी भन्दा कथा, कलाकारको अभिनय र कलाकारले फिल्ममा आफूलाई समाहित गर्नुले फिल्म राम्रो नराम्रो छुट्टिने प्रमाणित गरिदिएको छ ।

सय करोड क्लबमा पुग्ने आयुष्मान अभिनीत यो दोस्रो फिल्म हो । ‘ड्रिम गर्ल’मा आयुष्मानसँगै नुश्रत भरुचा, अन्नु कपूर, मनजोत सिंह, विजय राजको पनि अभिनय रहेको छ भने राज सान्दिल्या निर्देशन गरेका हुन् । एजेन्सी