रेलवे स्टेसनमा बसेर गीत गाई जीवन यापन गर्दै आएकी रानु मण्डलको जीवनमा यतिबेला धेरै पविर्तन आएको छ । लता मंगेशकरको गीत ‘एक प्यार का नगमा’ गीत गाएर रातारात भाइरल भएकी थिइन् ।
सामाजिक सञ्जालमा भाइरल भएसँगै उनलाई नचिन्ने सायद कमै होलान । उनले गायक हिमेश रेशमियाको सहयोगमा गाएकी छन् । गीत भाइरल भएको छ ।
यसैबीचमा निर्देशक ऋषिकेश मंडलले रानुको बारेमा बायोपिक फिल्म बनाउने निर्णय गरेका छन् । रानु मण्डलको बायोपिक फिल्मको लागि साउथको चर्चित कलााकार सुदिप्ता चक्रवर्तीलाई अभिनयको लागि प्रस्ताव गरिएको छ । उनले रानुको बायोपिकमा काम गर्ने बारे भनिन् –‘मलाई फिल्मको प्रस्ताव आएको छ । तर मैले फिल्मको स्क्रिप्ट पाएको छैन् ।
स्क्रिप्ट पढेपछि काम गर्ने नगर्ने बारे मेरो फैसला हुनेछ । पत्रकारबाट फिल्म निर्देशक बनेका ऋषिकेश मंडल रानु मंडलको जीवनमा आधारित फिल्म बनाउँन लागिरहेका छन् । फिल्मको नाम ‘प्याटफोर्म सिंगर रानु मंडल’ राखिएको छ ।
फिल्ममा रानु मंडलको रेलवे स्टेसनदेखि बलिउडमा प्रवेश भएसम्मको यात्रा रहने छ । फिल्म निर्देशक ऋषिकेशले भने –‘सुदिप्ता चक्रवर्तीलाई फिल्मको लागि प्रस्ताव गरिएको छ । तर उनले अहिले नै जवाफ दिएकी छैनन् । तर रान् मंडलको भूमिकालाई कोही राम्ररी निभाउँन सक्छ भने त्यो सुदिप्ता मात्र हो ।’रानु मंडलले जीवनमा धेरै दुख भोगेकी छन् ।
आज उनी बलिउड सेलिब्रेटी बनेकी छन् । ऋषिले भने –‘मानिसहरु रानु मंडलको जीवनबारे जान्न धेरै उत्साहित छन् । उनी सामाजिक सञ्जालमा रातारात भाइरल भएकी छन् । मानिसहरु अझै उनको बारेमा जान्न चहन्छन् । त्यसैले फिल्ममा उनको जीवन र सामाजिक सञ्जालको पावरलाई पनि समेटिने छ । जसमा कसरी सडकमा गाउँने महिलास्टार बनिन् त्यो देखाइने छ । एजेन्सी