काठमाडौं – नेपाल आइडल गायक बुद्ध लामा र गायिका समिक्षा कोइरालाको आवाजमा रहेको गीत‘ आफु भन्दा जेठी’सार्वजनिक भएको छ ।
उक्त सार्वजनिक गीतमा मनोज पौडेलको शब्द र दिपक राजको संगीत रहेको छ । प्रदिप जोशीले मिक्सिङ गरेको गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् ।
भिडियोमा मनोज सिक्देल र सम्पदा बानियाको अभिनय रहेको छ । उक्त भिडियोको निर्देशन सियोन श्रेष्ठले गरेका छन् । चक्र बि बरालले छायांकन गरेको भिडियोलाई विनोद चौधरीले सम्पादन गरेका छन् ।