logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘चपली हाईट’ की विनिता आमा बन्ने


अंकुरण खबर
2.119K
Shares

काठमाडौं – चलचित्र ‘चपली हाईट’मा बोल्ड अभिनय गरेर चर्चा बटुलेकी नायिका बिनिता बराल आमा बन्ने भएकी छन् ।

केही बर्षयता देखि अमेरिकामा रहेकी उनले गर्भवती भएको तस्विर फेसबुकमा पोस्ट गर्दै आमा बन्न लागेको सार्वजनिक गरेकी हुन् । तिलक पौडेलसँग विवाह गरेर अमेरिका गएकी उनले फेसबुकमा ‘सानी बिनिता आउँदैछिन्’ लेखेकी छन् ।

पछिल्लो समय कृषि पेसा र किताब लेखनमा रहेकी विनिताले अमेरिकी ग्रीन कार्ड होल्डर स्याङजाका तिलक पौडेलसँग गतसाल विहे गरेकी हुन । अमेरिकाको भर्जिनियास्थित ‘बृन्दाबन टेम्पल’मा उनीहरुको विहे भएको थियो ।