बलिउड स्टार सैफ अलि खानको फिल्म ‘लाल कप्तान’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्मको टिजर र केही भिडियो सार्वजनिक भएको थियो ।
भिडियोमा जस्तै यसमा पनि सैफ साधुको रुपमा देखिएका छन् भने फिल्मको संवाद पनि दम्दार रहेको छ । फिल्मको कहानीमा सैफ कप्तानलाई बदला लिनको लागि विशेष रुपमा देखिएका छन् । लामो कपाल दारी पालेर बन्दुक लिएर निस्किएका छन् । यहीबाट कहानी सुरु भएको छ ।
मंगलबार फिल्मको पोस्टर पनि रिलिज भएको छ । फिल्मको पोस्टरमा उनलाई एक साधुको रुपमा देखाए पनि फिल्ममा उनी एक्सन अवतारमा रहेका छन् । फिल्ममा धेरै राम्रो संवाद रहेको ट्रेर्लर हेरेका दर्शकको प्रतिक्रियाबाट थाहा पाउन सकिन्छ । फिल्मको निर्देशन नवदिप सिंशले गरेका छन् ।
निर्माताको रुपमा सुशील र आन्द एल राय रहेका छन् । फिल्ममा सैफ अलि खानको अलवा मानव बिज, जोया हुसेन, दिपक लगायतका कलकारहरुको अभिनय रहेको छ । फिल्म अक्टोबर १८ मा रिलिज हुर्खैछ । एजेन्सी