काठमाडौं – कात्तिक १ गतेबाट रिलिज हुने फिल्म ‘लक्ष्मी रानी’ को ट्रेलर सार्वजनिक भएको छ । ‘लक्ष्मी रानी’ नायिका शुभेच्छा थापाको निर्देशनमा बनेको पहिलो फिल्म हो ।
उनले यस अघि दर्जन भन्दा बढि फिल्ममामा मुख्य नायिका, निर्माता तथा सहायक निर्देशनको भुमिका निर्वाह गरिसकेकी छिन् । अलवा मुख्य निर्माता र कथा लेखन स्वंय थापाले गरेकी हुन् । फिल्ममा शुभेच्छा थापा, धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहको मु्ख्य भुमिका रहेको छ ।
नायिका थापाको फिल्ममा दोहोरो भुमिका छ । फिल्मका अन्य कलाकारमा श्याम राई, शारदा गिरी, रश्मी भट्ट, खगेन्द्र नेपाल, कृष्ण सिवाकोटी, राजु गिरी लगायत रहेका छन् । फिल्मलाई रामेश्वर हुमागाईं , दुर्गा वान्तवा राई र बासु न्यौपानेले छायाँकन गरेका छन् ।