टाइगर श्राप र ऋतिक रोशनको फिल्म ‘वार’ले बक्स अफिसमा निकै राम्रो कमाइ गरेको छ । सय करोड क्लबमा नाम लेखिएको यो फिल्म दुइसय करोडको कमाइको आकँडा गरिएको छ ।
ट्रेड एनालिस्टक तरन आदर्शको ट्वीट अनुसार फिल्मले हिन्दी भर्जनमा करिब २०.६० करोडको कारेबार गरेको छ । यस फिल्मको कुल कारोबार १८०.३० रुपैया भइसकेको छ ।
यसमा तामिल र तेलुगु भाषमा रिलिज भएको फिल्मको कारोबार जोड्ने हो भने भारतमा मात्र फिल्मले १८७.७५ करोडको कारोबार गरेको छ । फिल्म अक्टोबर २ मा रिलिज भएको हो । फिल्मलाई निर्देशन सिद्धार्थ आन्दले गरेका छन् । एजेन्सी