काठमाडौं – गायक दुर्गेश थापाको आवाजमा रहेको तिहार विशेष गीत ‘ह्याप्पी तिहार’ सार्वजनिक भएको छ । । सार्वजनिक गीतको भिडियोलाई दुर्गेश थापाको पर्सनल यूट्यूब च्यानल मार्फत बजारमा ल्याईएको हो।
उक्त गीतमा शब्द डिपी खनाल र दुर्गेश थापाको रहेको छ भने गीतमा गायक थापाले नै संगीत भरेका छन । भिडियोमा दुर्गेश थापा, विकास लामिछाने,रुद्र बोहोरा, अर्जुन गौतम, सुवास लामा, अनुप केसीको अभिनय रहेको छ । सहास शाक्यले एरेन्ज गरेको गीतलाई चन्द्र चौधरीले मिक्सिङ गरेका छन् ।
भिडियोको निर्देशन तथा कोरीयोग्रफी शिव बिकले गरेका छन् । नवराज उपे्रतीले छायांकन गरेको भिडियोलाई विकास ज्ञावालीले सम्पादन गरेका छन् ।
https://youtu.be/06xttOM_J_c