आज बलिउड अभिनेत्री रेखाको जन्मदिन परेको छ । ‘जिन आँखो की मस्ती के मस्ताने हजारौ हैं …’ गीतबाट बलिउडमा चम्किएकी उनको सफलताको पछाडी आज हजारौं फिल्महरु रहेको छन् । उनले अभिनय गरेको हजारैं फिल्महरु सुपर हिट भएका छन् त्यो केवल उनको मेहेन्त र संघर्षको कारण हो ।
बलिउडमा रेखाको फिल्मी करियर, लव अफियर त कहिले सौन्र्दयताको कारण उनी निकै चर्चामा आइरहेकी हुन्छिन् । आफनो फिल्मी करियरमा सबैको मनलाई जितेकी उनी खासमा फिल्मी क्षेत्रमा आउँनै रुचाउँदैन्न थिइन् । रेखाको आमा पुष्पावलि र पिता साउथको एक चर्चित स्टार थिए । पुष्पावलि उनको पिताको तेस्री श्रीमति थिइन् । तर उनको परिवारमा आमा बुबाको बैवाहिक जीवन कहिल्यै पनि राम्रो भएन । त्यही कारण रेखालाई धेरै समस्या आएको थियो । जब रेखा आफनो आमासँग १३ वर्षमा छुटिएकी थिइन् । पारिवारिक स्थिति नराम्रो भएको कारण उनी फिल्मी क्षेत्रमा लागेकी थिइन् ।
१९६९ मा रेखालाई फिल्म ‘अंजान’ बाट अफर आएको थियो । तर उनी फिल्मका काम गर्न रुचाउदैन थिइन् । आमाबाट छुटेर बसेपनि बेला बेलामा भेट र घरका बारेमा केही सल्लाह हुने गरेका थियो । यही क्रममा उनको आमाले रेखालाई फिल्म खेल्न दबाव दिएपछि केही प्रलोभन देखाएपछि उनी फिल्मी क्षेत्रमा प्रवेश गरेकी थिइन् ।
उनको आमाले रेखालाई फिल्को सुटिङ साउथ अफ्रिकामा हुने र धेरै जनावरहरु देख्न पाइने बताएकी थिइन् । रेखालाई जनावरसँग रमाउन धेरै मन पर्थ्यो । त्यो फिल्मको केही सुटिङ साउथमा त भयो तर फेरी फिल्मको सुटिङ मुम्बईमा भयो । रेखाको जीवनको पहिलो यो सुटिङ लाइफकै बोरिङ थियो । किन भने उनलाई भाषाको कारण धेरै समस्या थियो ।
उनलाई भारी कपडा कहना लगाउन मन पर्दैन थियो । मेकअप मन नपराउने रेखा साधारण जीवन बिताउन रुचाउथिइन् । यही कारण उनले आफ्नो बहिनी राधालाई समेत फिल््मको क्षेत्रमा आउँनबाट रोकेकी थिइन् । रेखाको जीवनमा धेरै उताब चडाब आए तर पनि उनी एक सफल अभिनेत्रीको रुपमा नाम कमाउन सफल भइन् । आज पनि बलिउडमा उनको सौन्दर्यलाई लिएर निकै चर्चा हुने गरेका छ । एजेन्सी