logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फ्राइडे रिलिज : फिल्म ‘छ माया छपक्कै प्रदर्शनमा


अंकुरण खबर
741
Shares

काठमाडौं – आजबाट प्रतिक्षारत फिल्म ‘छ माया छपक्कै’ देशव्यापी रुपमा रिलिज हुदैछ । फिल्मलाई लिएर फिल्मकर्मी मात्र होइन , हल संचालक पनि निकै उत्साहित रहेका छन् ।

दसैंको माहोलमा फिल्महरु रिलिज गर्ने होडबाजी सधैँ हुन्छ ।  दसैंलाई स्वागत गदै हलहरुमा प्रर्दशनमा आएको फिल्म ‘रातो टिका निधारमा’ ले राम्रो दर्शक तान्न नसकेपछि हलहरु सुस्ताएका थिए । तर ‘छ माया छपक्कै’को प्रर्दशनले सबै हल व्यवसायीलाई केही राहत मिल्ने देखिएको छ । फिल्मको बुकिङ्ग मल्टिप्लेक्समा बुधबार नै खुलेको थियो ।

आमा सुरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर निर्माण गरेको फिल्म ‘छ माया छपक्कै’मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी , सुपुष्पा भट्ट लगायतको अभिनय रहेको छ । हरि हुमागाइँको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।

उमेर अन्तरालको प्रेम कथामा आधारित भएर निर्माण भएको कथालाई कलाकार दीपकराजले पटकथामा ढालेका हुन् । उनलाई संवादमा भने केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् ।

जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् । निर्देशक लामालाई निर्देशनमा निर्देशक दीपाश्री निरौलाले सघाएकी छन् । यसका निर्माता रोहित अधिकारी हुन् ।