काठमाडौं – नेपालकै सबैभन्दा ठूलो गायन रीयालीटि सो भ्वाइस अफ नेपाल सिजन-२ को ब्याटल राउण्डबाट बाहिरिएका साजन लामालाई कोच प्रमोद खरेलले सांगीतिक यात्रामा साथ दिने भएका छन् ।
डिजिटल अडिसन हुदै ब्लाइन्ड राउण्ड पार गरि ब्याटल राउण्डसम्म पुगेका साजन लामा ब्याटल राउण्डबाटै बाहिरिनु परेको थियो । साजनले ब्याटल राउण्डमा मधु लामासँग ब्याटल गरेका थिए ।
भ्वाइसमा प्रवेश गरिसकेका साजनसँग प्रमोदको निकटता बढिसकेको छ । प्रमोदले साजन लामासँग एउटा गीत रेकर्ड गर्ने बताएका छन् । उनले आफ्नो ट्वीटरमा साजनसँगको एक तस्बिर पोष्ट गर्दै भ्वाइसले गाँसेको सम्बन्ध, नयाँ सांगीतिक कोसेली लिएर आउने तयारी गर्दै भनेर ट्वीट गरेका छन् ।
साजन लामालाई प्रमोदको साथले निकै नै अगाडि बढाउने छ । हामीकहाँ साजन र प्रमोदको स्वरमा छिट्टै नै नयाँ गीत सार्वजनिक हुने छ ।
Voice ले गॉसेको सम्बन्ध , नयॉ सांगीतिक कोसेली लिएर आउने तयारी गर्दै #sajanlama #pramodkharel pic.twitter.com/zwe7Y2okuB
— Pramod Kharel (@kharel777) October 16, 2019
साजन लामाका ब्याटल राउण्डका प्रतिस्पर्धी मधु लामा हुन् । साजन लामा र मधु लामालाई ब्याटल मा कोच प्रमोद खरेलकै गीत परेको थियो । उनीहरु दुवैले राम्रो ब्याटल प्रस्तुत गरे । तर केही कुराहरुमा साजनको भन्दा मधुको प्रस्तुती राम्रो भन्दै भ्वाइसको अन्य कोचहरुले भनेपछि प्रमोदलाई पनि साजनलाई छान्न गाह्रो भयो ।
कोच प्रमोदले दुवै जनालाई लिएर जान पनि चाहेका थिए । तर मधुले असहमति जनाएपछि प्रमोदले मधुलाई छाने । यसैकारण भ्वाइसबाट साजन बाहिरिएसँगै सामाजिक सञ्जालमा विभिन्न सहानुभूति प्रकट भएको पनि देखियो ।