पहिलोपटक बलिउडको कुनै फिल्ममा सुपरस्टार आमिर खान र सैफ अलि खान सँगै देखिने भएका छन्। आमिर खान अहिले ‘लाल सिंह चड्डा’ फिल्मको सुटिङ तयारीमा छन्।
त्यसलगत्तै उनी एउटा तामिल फिल्म ‘बिक्रम वेदा’को सुटिङ गर्नेछन्। ‘विक्रम वेदा’मा आमिर खान एक खुङ्खार ग्याङस्टरको भूमिकामा देखिनेछन् भने सैफ अलि खान प्रहरीको भूमिकामा हुनेछन्।
आगामी अप्रिलदेखि यो सिनेमाको सुटिङ हुने भारतीय सञ्चारमाध्यमकहरुले जनाएका छन्। एजेन्सी