logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नबन्ने भयो फिल्म ‘मुन्नाभाइ’ को तेस्रो सिक्वेल


अंकुरण खबर
1.885K
Shares

संजय दत्तको चर्चित फिल्म सिरिज मुन्नाभाइको तेस्रो सिक्वेलका नबन्ने भएको छ । राजकुमार हिरानीले भारतीय मिडिया दैनिक भास्करसँग कुरा गर्दै यस्तो यो खुलासा गरेका हुन् ।

बोमनले भने ‘मानिसहरुलाई अहिले पनि लागिरहेको छ कि तेस्रो सिक्वेलको काम चलिरहेको छ । तर, सत्य यो होइन । फिल्म बन्द भइसकेको छ । यसको कहानी लेखिएको थियो तर स्वयं निर्माताहरु नै कहानीबाट खुसी थिएनन् ।

पछिल्ला २ भागको कहानीसँग यो कहानी मिल्दैनथ्यो । त्यसैले अब यो फिल्म बन्ने छैन । सत्य यो पनि हो कि मुन्ना भाइ सिरिजको अर्को फिल्मको घोषणा गरेर औसत फिल्म नै बनाइदिए त्यो पनि चल्छ ।

तर फ्रेन्चाइजीको यस्तो कुनै सोच छैन । निर्माता यो बिल्कुल चाहँदैनन् कि फिल्मको अर्को सिक्वेलले दर्शकलाई निराश बनाओस् ।’ एजेन्सी