logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘द भ्वाइस अफ नेपाल’ को लाइभ राउन्ड सुरु, यसरी गर्नुस् मनपर्ने प्रतियोगीलाई भोट


अंकुरण खबर
1.248K
Shares

काठमाडौं – सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ को नकाउट राउन्डबाट १२ प्रतिस्पर्धी छानिएर लाइभ शोमा पुगेका छन् । नकाउट राउन्डबाट ४ जना कोचहरूले आफ्नो टिमबाट तीन–तीनजना प्रतिस्पर्धी छनोट गरी टप १२ जना पुर्याएका हुन् ।

भ्वाइसका कोच दीप श्रेष्टबाट विकास, रजनी र सञ्जय शो मा पुगेका छन् भने कोच आस्थाबाट यांकी, शशिका र आरिफ लाइभ राउन्डमा जान सफल भएका छन् । त्यसैगरी, कोच प्रमोद खरेलबाट बलबहादुर, मेचु र राम लाइभ राउन्डमा पुगेका छन् भने कोच राजु लामाबाट गीता, अन्जु र सनिस लाइभमा जान सफल भएका छन् ।

राइभ राउन्ड शुक्रबारबाट सुरु भएको छ । कुन प्रतियोगीलाई अघिल्लो राउन्ड पुर्याउने भन्ने निर्णयको जिम्मा अब दर्शकको हातमा हुनेछ । आफूलाई मनपर्ने प्रतियोगीलाई जिताउन प्रभु बैंकको एप डाउनलोड गरेर र एसएमएस गरेर सहभागी हुन सकिन्छ ।

भोटिङ लाइन आगामी शुक्रबारसम्म खुला गरिएको छ । प्रभु बैंकको एपबाट विश्वका कुनै पनि ठाउँबाट आफ्नो मनपर्ने व्यक्तिलाई भोट गर्न सकिन्छ भने एसएमएस गर्नका लागि NTC, NCELL, Smartcell प्रयोगकर्ताले मनपर्ने प्रतिस्पर्धीको भोटिङ कोड लेखि ३७००० मा सेन्ड गर्नुपर्नेछ । त्यसैगरी, १६६६७७०६ डायल गरेर पनि भोट गर्न सकिन्छ । त्यस्तै, कतार र भारतका लागि लागि एसएमएस सेन्ड गर्ने कतार नम्बर ९२३०० र भारत ५३०१० रहेको छ । साभार समाचार दैनिक