logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गायिका बुनुको ‘साथ हुँदैन’सार्वजनिक (भिडियो सहित)


अंकुरण खबर
845
Shares

काठमाडौं – गायिका बुनु श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । बुनुको आवाजमा ‘साथ हुँदैन’बोलको गीत सार्वजनिक भएको हो ।

उक्त सार्वजनिक गीतमा नरेश कुमार प्रधानको शब्द रहेको छ भने सजल न्यौपानेले गीतमा संगीत संयोजन गरेका छन् । गीतलाई बि एन निराकारले एरेन्ज गरेका छन् भने महेश्वर मन राजभण्डारीले मिक्सिङ गरेका छन् ।

गीतको भिडियोमा बर्षा राउत, गजित बिष्ट लगायतका कmलाकारहरुको अभिनय रहेको छ ।

गम्भिर बिष्टले गरेको भिडियोको निर्देशनलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् । सुबोल थापा सह–निर्देशक रहेको भिडियोमा नबिन निरौलाको सम्पादन रहेको छ ।