logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोकिल स्वरकी धनी लता मंगेशकर गम्भीर बिरामी, आईसीयूमा राखेर उपचार


अंकुरण खबर
2.561K
Shares

काठमाडौं – भारतीय गायिका लता मंगेशकर गम्भीर बिरामी भएकी छन् । उनको मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालको सघन कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

छातिमा भाइरल इन्फेक्सनको समस्या देखिएपछि सोमबार दिउँसो उनलाई अस्पताल लगिएको थियो । लता मंगेशकरको तर्फबाट अनुशा श्रीनिवासनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ– लता मंगेशकरको उमेरको ख्याल राख्दै अस्पतालमा भर्ना गरिएको छ र स्वास्थ्य स्थिर छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर छ ।

भारत रत्न, दादा साहब फाल्केजस्ता सम्मानबाट सम्मानित लता मंगेशकर भारतीय सिनेमा जगतको सर्वश्रेष्ठ गायिका मानिन्छिन् । कोकिल स्वरकी धनी लताले कैयौं नेपाली गीत पनि गाएकी छन् ।