logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ सार्वजनिक (भिडियो)


अंकुरण खबर
2.951K
Shares

काठमाडौं – पछिल्लो समय भाइरल बनेकी चर्चित लोकदोहोरी बालगायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ सार्वजनिक गरिएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालको केन्द्रीय कार्यालयमा एक समारोहकाबीच उक्त गीत सार्वजनिक गरिएको हो।

उक्त सार्वजनिक गीत शुभारम्भ डिजिटल म्युजिक प्रालिको लगानीमा बजारमा आएको हो। कमला घिमिरेसँगै अमृत सापकोटाले उक्त गीतमा गीतमा आवाज दिएका छन्। गीतमा रमेश बिजीको शब्द रहेको छ भने सर्जक खेम सेन्चुरीले गीतमा संगीत संयोजन गरेका छन् । गीतलाई बिनोदले एरेन्ज गरेका छन् ।

गीतको भिडियोमा मोडल निलम ढुंगाना, बद्री पंगेनी लगायतका कmलाकारहरुको अभिनय रहेको छ । शंकर बिसीले  निर्देशन गरेको भिडियोको दुर्गा पौडेल र सुरेश श्रेष्ठले गरेका हुन्ले छायांकन गरेका हुन् । भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् ।

क्लबका सभापति ऋषि धमला, कलाकार तथा सञ्चारकर्मी कृष्ण कँडेल, उनका पिता, गायक अमृत सापकोटा, लोक सञ्चारकर्मी नेपालका उपाध्यक्ष चन्द्रमणि गौतमलगायतले उक्त गीतको संयुक्त रुपमा विमोचन गरेका हुन् ।