काठमाडौं – फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारदेखि नेपाली चलचित्र ‘च च हुईं’प्रदर्शनमा आएको छ ।
साम्तेन भुटियाद्वारा निर्देशन गरेको फिल्ममा आर्यनको जोडीका रूपमा मिरुना मगर छिन् । प्रेमकथामा हाँसो भरेर निर्माण गरिएको फिल्ममा चलचित्र ‘च च हुईं’मा आर्यन सिग्देल, मिरुना मगर मोलाराज सापकोटा, माउत्से गुरूङ, पुष्कर गुरूङ तथा बबिता मल्ललगायतका कलाकारहरुको अभिनय रहेको छ ।
एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेको चलचित्रमा सुशन प्रजापतिको छायांकन, सिजन दाहालको पटकथा र सन्देश अर्यालले लेखन रहेको छ । चलचित्रका गीतमा राजनराज शिवाकोटी र रोशन थापाको संगीत छ ।
निर्देशक भुटिया स्वयंको सम्पादन रहेको चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।