logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वरसम्राट नारायणगोपालको २९ औँ स्मृति दिवस आज, सम्झनामा विशेष कार्यक्रम हुँदै


अंकुरण खबर
1.144K
Shares

काठमाडौं –  स्वरसम्राट नायरायणगोपाल गुर्वाचार्यको २९ औँ स्मृति दिवस बिहीबार विविध कार्यक्रम गरी मनाईँदै छ ।

नेपाली सुगम संगीतका अजम्बरी गायक नारायणगोपालको सम्झनामा विभिन्न कार्यक्रम हुँदैछन् । वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो ।

विक्रम सम्वत २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले एक सय ३५ भन्दा धेरै गीत गाएका छन् ।

उनले आधुनिकसँगै डेढ दर्जन जति नेपाली चलचित्रका लागि पनि गीत गाएका छन् । उनले गाएको ‘म त लाली गुराँस भएछु’, ‘एउटा मान्छेको मायाले कति’, ‘लौ सुन म भन्छु मेरो राम कहानी’लगायतका गीत अहिले पनि उत्ति नै रुचाइएका छन् ।

नारायणगोपाल संगीत कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्वरसम्राट स्मृति सम्मानबाट यो वर्ष गायक, संगीतकार तथा गीतकार जगतमर्दन थापा र संगीतकार रञ्जीत गजमेरलाई सम्मानित गर्दैछ।

बिहीबार नारायणगोपालकै घरमा आयोजना हुने स्मृति दिवसको कार्यक्रममा दुई स्रष्ठालाई ताम्रापत्रसहित नगद २५ हजार प्रदान गरिने छ ।

विसं २०४९ सालदेखि दिन थालिएको पुरस्कारबाट पहिलो पटक लोक गायक झलकमान गन्धर्व सम्मानित भएका थिए ।