logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बधाई, राम लिम्बू बने  ‘द भ्वाइस अफ नेपाल’ सिजन-२ को विजेता


अंकुरण खबर
4.758K
Shares

काठमाडौं – नेपालको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन २’ को विजेता राम लिम्बु बनेका छन् ।

शनिवार चुच्चेपाटी, बौद्ध स्थित ह्यात ग्राउण्डमा भएको ग्राण्ड फिनालेमा कोच प्रमोदको टिमबाट राम लिम्बु विजेता बनेका हुन् ।

कोच दीपबाट बिकाश लिम्बु, कोच राजुबाट शनिष श्रेष्ठ, कोच आस्थाबाट आरिफ रावफ र कोच प्रमोदबाट राम लिम्बुबीच प्रतिस्पर्धा भएको थियो ।

दर्शकले दिएको भोटको आधारमा दोस्रो द भ्वाइस अफ नेपाल राम लिम्बु बनेका छन् । उनले डाटसन रेडी गो कार, १२ लाख नगद पुरस्कार, १५ लाख बराबरको भिडियो एल्बम र विश्व सांगीतिक यात्राको अवसर प्राप्त गरेका छन् ।

यो सिजनको कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत थिए । गतबर्ष कोच दीपको टिमबाट सीडी विजय अधिकारी पहिलो भ्वाइस अफ नेपाल बन्न सफल भएका थिए ।