मनोरञ्जन

‘नेपाल आइडल सिजन-३’ को प्रशारण मिति सार्वजनिक

काठमाडौं – एपी वान टेलिभिजनबाट प्रसारण हुने चर्चित रियालिटी सो ‘नेपाल आइडल सिजन-३’ को प्रशारण मिति सार्वजनिक भएको छ ।

नेपाल आइडल सिजन-३ पुस ३ गतेबाट हुने आयोजकले जनाएको छ । सिजन-३ को अडिसन राउन्डका सबै श्रृंखला छायांकन भइसकेका छन् । यो सिजनमा पनि निर्णायकमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी नै छन् ।

यसअघिका दुई सिजनमा ‘सो’को होस्ट गरेकी रिमा विश्वकर्मा यो सिजनमा देखिने छैनन् । उनी ‘कमेडियन च्याम्पियन’ सोतर्फ लागेपछि उनको ठाउँमा माम्तीले प्रवेश पाएको स्रोतको भनाइ छ ।

‘नेपाल आइडल’ सिजन–१ मा बुद्ध लामा विजयी भएका थिए भने दोस्रो सिजनमा रवी ओड विजेता बनेका थिए ।

Comment here