logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चलचित्र ‘आमा’को ट्रेलर सार्वजनिक


अंकुरण खबर
5.382K
Shares

काठमाडौं – अभिनेत्री मिथिला शर्मा शीर्ष भूमिकामा रहेको चलचित्र ‘आमा’को ट्रेलर बिहिबार सार्वजनिक भएको छ ।

मिथिलाको छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्त देखिएकी छिन् । सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भूषालआदि कलाकारको पनि मुख्य भूमिका रहेको चलचित्र ‘आमा’ले प्रदर्शन मिति फागुन ९ गते तय गरेको छ ।

चलचित्रलाई ‘पशुपति प्रसाद’निर्देशक दिपेन्द्र के खनालले छायांकन, लेखन तथा निर्देशन गरेका छन् ।  त्यस्तै, शर्मिला पाण्डेले यस चलचित्रलाई निर्माण गरेकी छिन् भने सुवाष भुषालको संगीत रहेको छ । वि।स। २०२१ आश्विन २२ गते प्रदर्शनमा आएको पहिलो चलचित्र ‘आमा’ले नेपाली सिनेमाको इतिहास बोकेको छ ।

नेपाली चलचित्र इतिहासमा नेपालमै बनेको यो पहिलो चलचित्र बनेको थियो । यही शिर्षकमा बनेको यस चलचित्रले नेपाली चलचित्रको इतिहासलाई अझ अगाडि बढाउने विश्वास राखिएको छ ।