logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अभिनेत्री निरुता सिंह इन्डियन आइडल’ मा


अंकुरण खबर
1.235K
Shares

अभिनेत्री निरुता सिंह भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ मा पुगेकी छिन् । उनी विगत लामो समय देखि मुम्बई बस्दै आएकी छन् ।

उनी इन्डियन आइडलको मञ्चमा नेपाली अभिनेत्रीको रुपमै गएकी हुन् । उनले इन्डियन आइडलको सेटको फोटो भिडियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा सेयर गरेकी छिन् उनले आदित्य नारायणलाई धन्यवाद दिदै लेखेकी छिन्,– इन्डियन आइडलको सेटमा राम्रो समय बिताए । आदित्य नारायणलाई धेरै धेरै धन्यवाद १’

निरुताले पछिल्लो समय मह जोडीको ‘दालभात तरकारी’ मा अभिनय गरेकी थिइन् । उनले दर्पण छायाँ, माइती, अजम्बरी नाता, ठूल्दाई, रहर जस्ता हिट फिल्ममा अभिनय गरेकी छिन् ।