काठमाडौं – चलचित्र ‘चपली हाइट ३’को सुटिङ सकिएको छ । क्यामेरा ‘अन’भएको ३२ दिनमा चलचित्रको सुटिङ सोमबार सकिएको हो ।
चलचित्रको सुटिङ सकिए पनि अब चलचित्रको एउटा गीतको छायांकन बाँकी रहेको निर्माता अर्जुन कुमारले जानकारी दिएछन् छन् । उक्त गीत केही हप्तामा छायांकन गरिने उनी बताउँछन् ।
चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, अर्पण थापा, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायतका कलाकारहरुको प्रमुख भूमिका छ । चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका छन् ।
निर्माता अर्जुन अघिल्ला दुई सिरिजभन्दा ‘चपली हाइट ३’फरक कथामा बनेको बताउँछन् । तर, फिल्ममा दर्शकले सस्पेन्स र थ्रिल पाउने उनको दाबी छ ।
चलचित्रको प्रदर्शन मिति आगामी चैत २८ गतेलाई घोषणा गरिएको छ ।