logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिया कि कफी : स्वास्थ्यलाई कुन फाइदा र किन ?


अंकुरण खबर
5.005K
Shares

आज भोलि सहरमा चिया र कफी दुवैको फेसन बढ्दो छ । कफी पसलहरु मात्र होइन, चिया पसलहरु पनि खुल्ने क्रम बढ्दो छ । धेरैले चिया वा कफी के पिउने भन्ने आफ्नो रोजाइ पनि बुझिसकेका छन् । कतिलाई चिया नै मन पर्छ भने कतिलाई कफी । तर, स्वास्थ्यका हिसाबले कुन ठीक त ? चिया कि कफी ?

अनुसन्धानहरुका अनुसार पहिले कफीभन्दा चियामा बढी क्याफाइन हुन्छ । तर, पाकिसकेपछि कफीमा धेरै क्याफाइन रहन्छ । हाम्रो शरीरलाई दिनभर काम गर्नका लागि चाहिने शक्तिका लागि क्याफिन फाइदाजनक हो तर अत्याधिक क्याफिन हाम्रा लागि ठिक नहुन सक्छ । त्यसैले यो सन्दर्भमा कफी भन्दा चिया नै राम्रो मान्न सकिन्छ ।

चियामा हुने एन्टीअक्सिडेन्ट्सले हाम्रो शरीरलाई डिटक्स गर्न सहयोग गर्छ । झन् ग्रिन टीमा यो बढी हुन्छ । कफीमा एन्टीअक्सिडेन्ट्स चियाभन्दा निकै कम हुने भएकाले यो अर्थमा पनि चियालाई राम्रो मान्ने गरिएको छ ।

तर यदि कोही पनि व्यक्ति मधुमेहको बिरामी हो भने उसले चियाभन्दा कफी पिउनु राम्रो मानिन्छ । कफीलाई टाइप टु डायबिटिजको खतरा कम गर्ने पेय पदार्थका रुपमा पनि लिइन्छ ।

शरीरको तौल घटाउन पनि चियाभन्दा कफी राम्रो मानिन्छ । तर, जिम वा अन्य कुनै अभ्यास नगर्नेहरुलाई चाहिँ ब्ल्याक टि नै राम्रो हुने अध्ययनहरुले देखाएका छन् । एजेन्सी