logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आमा बनिन् नायिका विनिता बराल


अंकुरण खबर
3.471K
Shares

काठमाडौं – नायिका विनिता बराल आमा बनेकी छन्।  फिल्म चपली हाइटबाट चर्चामा आएकी नायिका विनिता बराल गत बुधबार छोरीलाई जन्म दिएकी हुन्।

दसैँमा आफू गर्भवती भएको भन्दै शुभचिन्तकमाझ खुसी साटेकी बरालले छोरी ‘काया’लाई जन्म दिएको सामाजिक सञ्जालमार्फत उनले जानकारी दिएकी छन्।

सामाजिक सञ्जाल फेसबुक मार्फत छोरीसँगको फोटो सेयर गर्दै उनले ‘सबैभन्दा राम्रो क्रिसमस उपहार’ भन्दै खुसी व्यक्त गरेकी छन्।

अघिल्लो जेठमा प्रेमी तिलक पौडेलसँगको तीन वर्ष लामो प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गरेकी थिइन्।