गायिका अञ्जु पन्तले पर्सा जिल्लाको दलित माझी समुदायका लागि साढे तीन करोड लागतमा ३५ घर बनाइदिने भएकी छन् ।
अञ्जु पन्त फाउन्डेशन मार्फत उनले पर्सा जिल्लाको सुगौली पर्टेवाको १५ कठ्ठा जमीनमा ३५ घर बनाइदिने भएकी हुन् । माछा मारेर जिविका चलाउदै आएको उक्त समुदायका लागि पन्तले गीत गाएर कमाएको ५ लाख रुपैयाँ जम्मा गरेको र बाँकी रकम संकलन गरेर माझी बस्ती बनाउने बताएकी छन् ।
पर्टेवाको दलित बस्ती पानीले डुबाउँदा आफूलाई नरमाइलो लागेको भन्दै स्थानीयको दुःख साटासाट गर्न आफूले सहयोग गर्ने आँट गरेको बताएकी छन् ।
उनले आफूसँग ५ लाख रुपैयाँ रहेको र अब सांगीतिक कार्यक्रमबाट रकम संकलन गर्दै जाने भन्दै थप सहयोगका लागि अपिल समेत गरेकी छन् ।