logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

गायिका अञ्जु पन्त माझी समुदायका लागि ३५ घर बनाउँदै, सहयोगको आग्रह


अंकुरण खबर
1.261K
Shares

गायिका अञ्जु पन्तले पर्सा जिल्लाको दलित माझी समुदायका लागि साढे तीन करोड लागतमा ३५ घर बनाइदिने भएकी छन् ।

अञ्जु पन्त फाउन्डेशन मार्फत उनले पर्सा जिल्लाको सुगौली पर्टेवाको १५ कठ्ठा जमीनमा ३५ घर बनाइदिने भएकी हुन् । माछा मारेर जिविका चलाउदै आएको उक्त समुदायका लागि पन्तले गीत गाएर कमाएको ५ लाख रुपैयाँ जम्मा गरेको र बाँकी रकम संकलन गरेर माझी बस्ती बनाउने बताएकी छन् ।

पर्टेवाको दलित बस्ती पानीले डुबाउँदा आफूलाई नरमाइलो लागेको भन्दै स्थानीयको दुःख साटासाट गर्न आफूले सहयोग गर्ने आँट गरेको बताएकी छन् ।

उनले आफूसँग ५ लाख रुपैयाँ रहेको र अब सांगीतिक कार्यक्रमबाट रकम संकलन गर्दै जाने भन्दै थप सहयोगका लागि अपिल समेत गरेकी छन् ।