अभिनेता अजय देवगनको आउँदो फिल्म ‘तानाजी : द अनसंग वारियर’ को निकै चर्चा छ । जनवरी २० मा रिलिज हुने तयारीमा रहेको यस फिल्मले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।
तानाजी : द अनसंग वारियर अजयको १०० औं फिल्म हो । भारतिय मिडियाका अनुसार यस फिल्मले रिलिज हुनुअघि नै १३७ करोड कमाएको छ । १५० करोड लगानीमा निर्माण भएको यस फिल्मको प्रचार मै २० करोड खर्च भएको जनाइएको छ ।
यो फिल्म ठुलो बजेटमा निर्मौण भएको जनाइएको छ । यस फिल्मले स्याटलाइट राइट, गित राइट लगायत अन्य राइट बचेको बताइएको छ । ओम राउतले निर्देशन गरेका हुन् । एजेन्सी