काठमाडौं – सुगम गायक रामकृष्ण ढकालको आवाजमा रहेको गीत ‘अन्तिम पत्र’ सार्वजनिक भएको छ । उक्त गीतको भिडियोलाई ओ एस आर डिजिटल युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
विछोडको भावलाई समावेश गरिएको निकै नै मार्मिक तथा समय सान्दार्भिक गीत ‘अन्तिम पत्र’ मा रोजी राईको शब्द रहेको छ भने गीतमा नरेश लिङ्देङले संगीत भरेका छन् ।
विष्णु अधिकारीले एरेन्ज गरेको भिडियोमा चिरञ्जीवी अधिकारी, प्रियंका माझी, सौगात लगायतका कलाकारको अभिनय रहेको छ ।
उक्त भिडियोको निर्देशन चिरञ्जीवी अधिकारीले गरेका हुन् । भिडियोलाई सन्तोष राना मगरले सम्पादन गरेका छन् ।