काठमाडौं – पछिल्लो समय एकपछि अर्को गीतहरु बजारमा प्रस्तुत गर्दै आएका नेपाली सुगम गीत संगीतका चर्चित गायक नारायण थापाको ‘तिम्रो मुटु मेरो मुटु’ बोलको गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
उक्त सार्वजनिक गीतको भिडियोलाई आभुषण ईन्टरटेनमेन्टको यूट्यूब च्यानल मार्फत बजारमा ल्याईएको हो । गीतमा गायक नारायण थापाको साथमा ‘द भ्वाइस अफ नेपाल सिजन २’ बाट चर्चा कमाउन सफल गायिका मेचु धिमालको स्वर रहेको छ ।
निकै नै समय सान्दार्भिक गीत ‘तिम्रो मुटु मेरो मुटु’ मा गीतकार सुन्दर पन्तको शब्द रहेको छ भने कर्सिङ लामाले संगीत भरेका छन् । प्रेम कथामा आधारित गीतले मायाँ प्रेमलाई नजिकबाट नियालेको छ ।
गीतको भिडियोमा मनोज ओली र ऋचा थापालाई प्रेमिल जोडीका रुपमा प्रस्तुत गरिएको छ । गीतलाई कर्सिङ लामाले एरेन्ज गरेका हुन् भने प्रदिप श्रेष्ठले मिक्सिङ गरेका छन् । गीतको भिडियोलाई राज महर्जनले कोरियोग्राफी गरेका छन् । प्रेम लामाले छायांकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।