logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रीमा र पवन गिरीको ‘बधाई छ’ गीत सार्वजनिक 


अंकुरण खबर
1.131K
Shares

काठमाडौं – ‘नेपाल आइडल सिजन २’ बाट चर्चामा आएका पवन गिरीको नयाँ म्युजिक भिडियो ‘बधाई छ’ सार्वजनिक भएको छ ।

पवनले यो आफ्नो दोस्रो गीतको रुपमा बजारमा ल्याएका हुन् । उक्त गीतमा कल्याण सिंहको शब्द तथा संगीत रहेको छ भने गोपाल रसाईलीले संगीत एरेन्ज गरेका छन् ।

भिडियोलाई लोकेश बज्राचार्यले निर्देशन गरेका छन् ।  गीतको भिडियोमा रीमा विश्वकर्मा फिचर्ड छिन् । रीमा विश्वकर्मा नेपाल आइडलको होस्ट थिइन् ।