काठमाडौं – पछिल्लो समय एकपछि अर्को गीतहरु बजारमा प्रस्तुत गर्दै आएका नेपाली सुगम गीत संगीतका चर्चित गायक भिम रामदली राईको ‘दिलैमा बस्यो कि’ बोलको गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
उक्त सार्वजनिक गीतको भिडियोलाई ओयस आरको यूट्यूब च्यानल मार्फत बजारमा ल्याईएको हो । निकै नै समय सान्दार्भिक गीत ‘दिलैमा बस्यो कि’ मा गीतकार सर्बजित राईको शब्द रहेको छ भने निरोज लामाले संगीत भरेका छन् ।
प्रेम कथामा आधारित गीतले माया प्रेमलाई नजिकबाट नियालेको छ । एक सुन्दरी केटी देखेपछि एक जवान केटाको मनमा खेलिने भावनालाई यस म्युजिक भिडियोले उतार्न खोजेको छ ।
गीतको भिडियोमा अलिशा राई र निराजन प्रधानलाई प्रेमिल जोडीका रुपमा प्रस्तुत गरिएको छ भने मेकअपमा अनिता काजल रहेकी छिन् । गीतलाई निरोज लामाले एरेन्ज गरेका हुन् भने किशोर थापाले मिक्सिङ गरेका छन् ।
गीतको भिडियोलाई राजिभ समरले कोरियोग्राफी गरेका छन् । दिपु कृष्ण डंगोलले छायांकन र सम्पादन गरेका छन् ।
यस म्युजिक भिडियोको प्रोडक्सन म्यानेजर सिमोन र प्रकाश हुन् । कला निर्देशकमा ह्यारी महर्जन, रंगमा योर स्टाईल, पोस्टर डिजाइनमा मनिष श्रेष्ठले गरेका छन् भने निर्देशन नितिन चन्दले गरेका छन् ।