काठमाडौं – फिल्म ‘साङ्लो’ को दोश्रो गीत सार्वजनिक भएको छ ।
‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीतमा सुरेश अधिकारीको संगीत, निशान भट्टराईको शब्द रहेको गीतमा भट्टराई र अन्जु पन्तको स्वर
सुन्न सकिन्छ । गीतमा कोरियोग्राफर रामजी लामिछानेले फिल्मका लीड एक्टर निकिता चाण्डक र विराज भट्टलाई अभिनय गरेका छन् ।
‘साङ्लो’ लाई विराज स्वयंले निर्माण तथा निर्देशन गरेका हुन् । फिल्मले किड्नी तस्करीको कथा भन्ने छ । फिल्ममा विराजको जोडी पूर्व मिस नेपाल निकिता चाण्डकसँग बाँधिएको छ । फिल्ममा प्रकाश शाह नेगेटिभ रोलमा छन् ।
श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन रहेको फिल्ममा कामेश्वर चौरासिया, जयनन्द लामा, आर।पि। पन्तलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्म माघ २४ बाट प्रदर्शनमा आउने छ ।