logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘चपली हाइट ३’ को गीतमा स्वस्तिमा र सुपुष्पाको डान्स (भिडियो सहित)


अंकुरण खबर
793
Shares

काठमाडौं – फिल्म ‘चपली हाइट ३’ को ‘आर आनाको मसला’ बोलको गीत रिलिज भएको छ ।

उक्त गीत हाइलाइट्स्‌ नेपालको यूट्युब च्यानलमार्फत सोमवार सार्वजनिक गरिएको हो । डीपी खनालको शब्द र सुवास भुषालले संगीत भरेको गीतलाई राज खम्बु र अस्मिता अधिकारीले स्वर दिएका छन् ।

प्रदीप लामा र द नेक्स टिमले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका शीर्ष कलाकार स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम लगायतको नृत्य देख्न सकिन्छ ।

निकेश खडकाले निर्देशन गरेको यो फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन तथा दीर्घ खड्काको सम्पादन रहेको छ ।