logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

‘भ्यालेनटाइन्स डे’ मा विवाह गर्दै आदित्य र नेहा, सोनी टिभीले सार्वजनिक गर्यो भिडियो


अंकुरण खबर
1.456K
Shares

लामो समयदेखि प्रेम चर्चामा रहेका आदित्य नारायण र नेहा कक्कडले भ्यालेनटाइन्स डेमा विवाह गर्ने भएका छन्।

इन्डियन आइडल सिजन ११ मा यी दुईको केमेस्ट्रीको प्रेमबारे निकै चर्चा हुने गरेको छ। अब यी दुईले अफ स्क्रिन नभई अन स्क्रिन विवाह गर्ने पक्कापक्की भएको हो।

सोनी भिटीले सार्वजनिक गरेको भिडियोमा उनीहरुको विवाहको मिति सार्वजनिक भएको छ। यी दुईले रोमान्स गरिरहेको उक्त भिडियोको क्याप्सनमा लेखिएको छ, ‘१४ फेबुअरी, मिति याद गर्नुहोस् किनभने यो दिन आदित्य र नेहा विवाह हुँदैछ।’ केही दिनअघि इन्डियन आइडलको मञ्चमा आदित्य र नेहाको परिवार पनि उपस्थिती रहेको थियो।

स्टेजमै दुबैका परिवार विवाहका लागि राजी भएका थिए। उदित नारायणले धेरै अघि यस विवाहलाई स्वीकारी सकेको बताएका थिए। उदित नारायणका साथै उनकी श्रीमती दिपा नारायण पनि नेहालाई आफ्नो घरको बुहारी चाहेको बताएकी थिइन्।

इन्डियन आइडल ११ को सेटमा भ्यालेन्टाइन्स डे स्पेशल एपिसोडमा यी दुईले सात फेरो लिने सोनी टिभीले जनाएको छ।