काठमाडौं – बलिउडप्रति नेपाली दर्शक र कलाकारको मोह बढ्दो छ। विशेषगरी नेपाली नायिका तथा मोडलहरू त्यसतर्फ बढी आकर्षित भइरहेका छन्।
यही क्रममा चलचित्र होस्टेलबाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका रिस्ता बस्नेत भारतीय म्यूजिक भिडियोमा डेब्यू गर्ने भएकी छन्।
उनी भारतकी चर्चित गायिका नेहा कक्कड र गायक कार्तिक कुशको स्वरमा रहेको गीतको म्युजिक भिडियोमा अनुबन्धित भएकी हुन्।
उनले फेसबुकमा स्टाट्स लेख्दै बलिउड म्युजिक भिडियोमा आफूले अवसर पाएको जानकारी दिएकी हुन्। उनले नेहा कक्कडको गीतमा काम गर्ने मौका जुरेको भन्दै खुसी पनि व्यक्त गरेकी छन्। रिस्ताले उक्त गीतमा टिकटकबाट चर्चित मन्जुल कट्टरसँग रोमान्स गर्नेछन्।
पुनित अवस्थीले संगीत भरेको गीतको भिडियोलाई नेपाली कोरियोग्राफर कमल राइले निर्देशन गर्दैछन्। भिडियोमा पुरुषोत्तम प्रधानको छायाँकन तथा बिपिन मल्लको सम्पादन रहने छ।
यस्तो छ उनको फेसबुक स्टाट्स: