logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रियंका र आयुषको विवाह मिति सार्वजनिक, ‘भ्यालेन्टाइन डे’ मा हुदैछ बिशेष तयारी


अंकुरण खबर
1.17K
Shares

काठमाडौं – यतिबेला अभिनेत्री प्रियंका कार्कीको विवाह मिति चर्चामा रहेको छ।

अभिनेता आयुष्मान देशराज जोशीसंग विवाह बन्धनमा बाधिन लागेकी प्रियंकाको विवाह मितिलाई लिएर चारैतर्फ कौतुहलता रहेको छ। यहि बिचमा प्रियंका र आयुष्मान फागुन १५ गते विवाह बन्धनमा बाधिन लागेको विश्वसनीय श्रोतले जनाएको छ।

फागुन १५ अभिनेत्री कार्कीको जन्मदिन हो। यहि दिन उनी आयुष्मानको घर भित्रिने तयारीमा रहेको बुझिएको छ।

यहि बिषयमा प्रश्न गर्दा प्रियंका भन्छिन्, ‘आयुष र म  यहि भ्यालेन्टाइनमा विवाह मिति सार्वजनिक गर्दैछौ। जति पनि हामीलाई शुभकामना दिने र हाम्रो  विवाह मिति कुर्ने दर्शक हुनुहुन्छ उहाँहरुलाई त्यहि दिन थाह हुनेछ।’