logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘लुटन सके लुट’ पछि पशुपति शर्माले ल्याए अर्को गीत ‘जता नी चोर’ (भिडियो सहित)


अंकुरण खबर
1.482K
Shares

काठमाडौं – चर्चित लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गीत सार्वजनिक भएको छ।

उक्त सार्वजनिक गीत ‘जता नी चोर’मा गायक शर्माकै शब्द, संगीत र स्वर रहेको छ। केशव बडुले एरेन्ज गरेको गीतलाई कुमार रानाले  मिक्सिङ गरेका हुन् ।

गीतको भिडियोमा गायक पशुपति शर्मा, घनश्याम रिजाल, युवराज भण्डारी, शंकर,  विपी पौडेल, कमल शर्मा,  कृष्ण पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

उक्त भिडियोको निर्देशन दुर्गा पौडेलले गरेका छन् । दुर्गा पौडेल र विपिन क्षेत्रीले छायांकन गरेको भिडियोलाई  नविन घर्ती मगरले सम्पादन गरेका छन् ।

गीतमा नेपालको राजनीति, प्रशासन क्षेत्रमा रहेको विकृतिलाई उठान गरिएको छ। ‘लुट्न सके लुट भाग २’ नाम दिइएको यो गीत युट्युव मार्फत सार्वजनिक गरिएको हो।  शर्माको यसअघिको गीत विवादमा परेको थियो।