logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शुक्रबार रिलिज: दीपेन्द्र के खनालको फिल्म ‘आमा’ रिलिज


अंकुरण खबर
2.522K
Shares

पशुपति प्रसाद, चपली हाइटजस्ता हिट फिल्मका निर्देशक दीपेन्द्र के खनालका नयाँ फिल्म ‘आमा’शुक्रबार रिलिज भएको छ।

शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, देशभक्त खनाललगायतका कलाकारको भूमिका रहेको छ।

शुक्रबार काठमाडौंका मल्टिप्लेक्समा रिलिज भएको फिल्म हेर्नका लागि बिहानैदेखि दर्शकहरुको घुईचो देखिन्छ। चलचित्रका कलाकारहरु दर्शकको प्रतिक्रिया बुझ्नका लागि विभिन्न हलहरुमा पुगेका छन्।

सिंगल हलमा सामान्य रहेको चलचित्रको व्यापार मल्टिप्लेक्समा भने राम्रो रहेको छ। ‘चलचित्र हेर्नका लागि दर्शकले आमा नै लिएर आएका छन्।

फिल्मको कथावस्तु, प्रस्तुतिलाई दर्शकले निकै रुचाएका छन्। यहिकारणले पनि यो फिल्मलाई ‘वर्ड अफ माउथ’ले साथ दिने निर्माण टिमले अपेक्षा गरेको छ।